स्टार हैन अभिनेता चाहियो रमेश बुढाथोकीलाई








काठमाडौं । नयाँ फिल्म निर्देशनको तयारीमा रहेका निर्देशक रमेश बुढाथोकी अभिनेताको खोजीमा छन् अहिले । धेरै फिल्ममा ‘स्टार’लाई अभिनय गराएका बुढाथोकी दर्शकले अभिनेतालाइ मन पराउन थालेकाले आफु स्टारको पछि नलाग्ने बताए ।
भुवन केसी, राजेश हमाल, निखिल उप्रेती लगायतका स्टारलाई उनले विभिन्न चलचित्रमा अभिनय गराएका छन् । तर, स्टारकै भरमा फिल्म चल्छ भन्ने विश्वास टुटेको छ । ‘दर्शकहरु धेरै चुजी भएका छन्, स्टार राखेकै भरमा अबको फिल्म चल्दैन ।’ अनलाइनखबरसंग कुरा गर्दै बुढाथोकीले भने ।
कुनै समय नेपाली फिल्मको पटकथा लेखनमा पोख्त मानिन्थे यी निर्देशक । अन्य निर्देशकका लागि समेत पटकथा लेखिदिएका बुढाथोकी अहिले आफ्नै फिल्मका लागि भने टिमवर्क बनाएर लेख्ने काम गर्दैछन् ।
उनी भन्छन् ‘फिल्म आफैंमा टिमवर्कमा बन्ने चिज हो, त्यसकारण हामी एउटा टिम बनाएर अघि बढिरहेका छौं । त्यसो त अवको फिल्म दर्शकको रोजाई अनुरुप हुनुपर्ने उनको मान्यता छ । त्यसकारण पनि स्त्रिmप्टमा केही महिना खर्चिने योजना छ । उनी भन्छन् ‘धेरै होमवर्क स्त्रिmप्टमै गर्नुपर्ने हुन्छ, त्यसकारण केहि महिना स्त्रिmप्टमै छलफल गर्ने योजनामा छौं ।’
स्कृप्ट तयार भएपछि मात्रै कलाकारको खोजी गर्ने उनको योजना छ ।