नयाँदिल्लीमा बाघ बहस हुँदै
चैत्र २१, २०७२- बाघ पाइने देशका मन्त्रीहरूको तेस्रो सम्मेलन यही चैत ३० देखि ०७३ वैशाख २ सम्म नयाँदिल्लीमा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आहवानमा हुन लागेको सम्मेलनमा बाघ पाइने १३ देशका वन र वातावरणमन्त्री तथा विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा बाघ संरक्षणको अवस्था, सन् २०१० पछिका उपलब्धि र चुनौतीबारे छलफल हुनेछ । नेपालसहित भारत, भुटान, बंगलादेश, भियतनाम, इन्डोनेसिया, कम्बोडिया, चीन, लाओस, मलेसिया, म्यानमार, रूस र थाइल्यान्ड बाघ पाइने मुलुक हुन् ।
नेपालबाट वनमन्त्री अग्निप्रसाद सापकोटा, वन मन्त्रालाय योजना महाशाखा प्रमुख तथा प्रवक्ता कृष्णप्रसाद आचार्य, राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई तथा बाघ संरक्षणमा सहयोगी संस्थाहरू डब्लूडब्लूएफ नेपाल र प्रकृति संरक्षण कोषका विशेषज्ञ सम्मेलनमा सहभागी हुनेछन् ।
बाघ पाइने देशका मन्त्रीहरूको पहिलो सम्मेलन २०१० फेब्रुअरीमा थाइल्यान्डको हुवाहिनमा र दोस्रो सम्मेलन २०१२ अक्टोबरमा भुटानको थिम्पुमा भएको थियो ।
प्रवक्ता आचार्यका अनुसार सम्मेलनमा सन् २०१० मा रूसको पिटर्सबर्गमा भएको सन् २०२२ सम्ममा बाघ दोब्बर गर्नेसम्बन्धी प्रतिबद्धतामा भएका प्रगतिबारे छलफल हुनेछ । ‘पिटर्सबर्गमा भएको प्रतिबद्धतापछि कुन–कुन मुलुकले के–के प्रगति हासिल गरे भन्नेमा समीक्षा हुनेछ,’ आचार्यले भने, ‘सन् २०२२ सम्म बाघ दोब्बर गर्न के कस्ता समस्या छन् भन्नेमा छलफल केन्द्रित हुनेछ ।’
पहिलो सम्मेलनले सन् २०२२ सम्म प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला विश्वमा बाघको संख्या ३२ सयको हाराहारीमा थियो । उक्त सम्मेलनले बाघको साँघुरिँदो बासस्थान, आहारको कमी र चोरी सिकार मुख्य चुनौती ठहर गर्दै संरक्षणमुखी अभियानका साथै चोरी सिकार नियन्त्रणमा केन्द्रित हुने घोषणा गरेको थियो ।
पिटर्सबर्ग सम्मेलनपछि अरू मुलुकले जस्तै नेपालले पनि बाघको बासस्थान विस्तार गर्ने, बाघको चोरी सिकार रोक्ने, अंगप्रत्यंगको अवैध व्यापार नियन्त्रण गर्ने र बाघ तथा मानवबीचको द्वन्द्व घटाउने कार्यक्रममा जोड दिएको आचार्यले बताए ।
उनका अनुसार दिल्ली सम्मेलनमा बाघ संरक्षणमा देखिएका चुनौती, तिनका आहार र बासस्थानको अवस्था, बाघको चोरी सिकारको अवस्था, संरक्षणका चुनौती र आगामी बाटोबारे पनि गम्भीर बहस हुनेछ । पछिल्लो एक वर्षयता नेपाल र भारतका निकुञ्ज र संरक्षित क्षेत्रमा बाघको सिकार अत्यधिक बढेको छ । सन् २०१५ को जनवरीदेखि २०१६ को फेब्रुअरीसम्म नेपाल र भारतका संरक्षित र बाहिरको क्षेत्रमा चोरी सिकारीले १४ बाघ सिकार गरेको पाइएको छ ।
नेपाल र भारतका निकुञ्जका बाघ चोरी सिकारीको निसानामा पर्न थालेपछि चैत पहिलो साता नेपाल र भारतका वन मन्त्रालयका अधिकारीबीच दिल्लीमा बाघ संरक्षणबारे बृहत् छलफल भएको थियो । दुई देशले बाघका अंगको तस्करी र बाघ सिकारी नियन्त्रण साझा चुनौती ठहर गर्दै बाघ बचाउन संयुक्त अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेका थिए ।
दुई देशबीच बाघको संयुक्त संरक्षणमा ढिलाइ गरे सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने विश्वव्यापी घोषणा कार्यान्वयन अधुरो रहने भन्दै संयुक्त पहलमा जोड दिइएको थियो । पछिल्लो गणनाअनुसार नेपालमा वयस्क बाघको संख्या १ सय ९८ छ । चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा ७ र बाँके निकुञ्जमा ४ बाघ छन् ।
विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार सम्मेलनमा बाघ पाइने १३ देशका मन्त्रीले बाघ संरक्षणबारे आफ्नो प्रतिबद्धता जाहेर गर्नेछन् । ‘अहिलेसम्म भएका कामको सकारात्मक पक्ष र गर्नुपर्ने कामबारे आ–आफ्ना धारणा सार्वजनिक हुनेछन्,’ उनले भने । आचार्यले सम्मेलनमा बाघको संरक्षणबाहेक त्यसका अंगको खपत/आयात गर्ने मुलुकबीच छलफल र बहस केन्द्रित नगर्ने हो भने बाघ दोब्बर गर्ने महत्त्वाकांक्षी घोषणा कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरे ।
एमबीबीएस पढ्न विदेश पठाउने भन्दै ठगी
चैत्र २१, २०७२- महोत्तरी गौशालाका शशिमान श्रेष्ठ भक्तपुरको ख्वप कलेजबाट विज्ञान समूहबाट १२ कक्षा सकाएर एमबीबीएस अध्ययन गर्न विदेश जाने तयारी गर्दै थिए । राजधानीको सेतु सर्भिसेजका सञ्चालक समीर झासँग विदेशमा एमबीबीएस शिक्षाबारे जानकारी लिए । शशिमानले बुबा कृष्णबहादुरलाई पनि योजना सुनाए । बाबुछोरा नै समीरको बागबजारस्थित कार्यालयमा गएर बुझे । बंगलादेश वा माल्दिभ्स कहाँ पठाउने ? रोज्न लगाइयो ।
शशिमानले माल्दिभ्स रोजे । प्रक्रिया सुरु गर्न १० लाख रुपैयाँ पनि दिए । त्यसको दुई महिनापछि समीरले विदेशमा पढ्ने पैसाले स्वदेशमै पढ्न पुग्ने आश्वासन दिए । उनीहरूले पत्याए । काठमाडौं विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी भए । ‘परीक्षामा हाजिर मात्रै गराए पुग्छ, उत्तर लेख्नु पनि पर्दैन । शिक्षा मन्त्रालयसँग मिलाइसकेका छौं । औपचारिकता मात्रै पुर्याउने हो भन्यो । छात्रवृत्ति पाइहालिन्छ भनेर ढुक्क हुनुस् भन्यो,’ कृष्णबहादुर श्रेष्ठले भने, ‘मन्त्रालयको छात्रवृत्ति शाखाको लेटरप्याडमा समीरले छात्रवृत्तिमा छनोट भएको पत्रसमेत हामीलाई दिए ।’
मन्त्रालयले गत कात्तिक २३ मा काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंगललाई छात्रवृत्तिमा पढाइदिन भन्दै लेखेको पत्र समीरले उनीहरूलाई थमाए । त्यसपछि थप साढे १८ लाख रुपैयाँ लिए । छात्रवृत्तिमा अध्ययन गर्न मेरिट लिस्टमा परेको हुनुपर्ने व्यवस्था भएको श्रेष्ठ परिवारले समीरलाई सुनाए ।

‘हामीले कोटा लिएको हुन्छ । क्याम्पस चल्न थालेपछि मिलाएर पठाइदिन्छु भन्यो । मन्त्रालयको कागज पनि ल्याइदियो,’ कृष्णले भने, ‘छात्रवृत्ति पाएको हो भने वेबसाइटमा छोराको नाम किन नभएको भनेर सोध्यौं । मन्त्रालयमा मिलाएका हुन्छौं । वेबसाइटमा नभए पनि केही फरक पर्दैन भनेर हामीलाई झुक्याइयो ।’ मन्त्रालयको पत्रको सही हो कि होइन भन्ने बुझ्न केशरमहलस्थित छात्रवृत्ति शाखामा पुगेपछि मात्रै आफू ठगिएको उनले थाहा पाए । अनि समीरलाई कारबाही गर्न प्रहरीलाई गुहारे ।
त्यस्तै सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक बेचन यादव पनि छोरालाई एमबीबीएस अध्ययन गराउन विदेश पठाउने क्रममा ठगिएका छन् । उनले छोरालाई ढाकामा सार्क छात्रवृत्तिमा एमबीबीएसमा भर्नाका लागि ०७१ भदौ १० मा बागबजारको ग्लोबल एजुकेसन काउन्सेलिङ सेन्टरका सञ्चालकलाई २२ लाख दिए पनि सर्तअनुसार कलेज नभएपछि ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
एजुकेसन कन्सल्टेन्सीको नाममा गल्लीगल्लीमा खुलेको संस्थाले विदेशमा पढ्न पठाउने नाममा विद्यार्थीलाई ठगिरहेको पीडितहरू बताउँछन् । शैक्षिक परामर्श दिने नाममा कन्सल्टेन्सीको बोर्ड राखेर वैदेशिक रोजगारीमा पठाउने गरेको अपराध अनुसन्धान महाशाखाको अनुसन्धानबाट खुलेको हो । महाशाखाले कन्सल्टेन्सीमा छापा मार्दा ठगी गरेको पाइएपछि सञ्चालकहरूलाई नियन्त्रणमा लिन थालेको छ । ‘कन्सल्टेन्सीले सरकारी छाप किर्ते गरेर कागज तयार गर्ने र सर्वसाधारणसँग ठगी गर्ने क्रम रोकिएको छैन,’ महाशाखाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने ।
कन्सल्टेन्सीले सरकारी कागजातसमेत नक्कली बनाएर ठगी गर्ने गरेको पाइएको छ । यसको पुष्टि शशिमानलाई दिएको पत्रले हुन्छ । माल्दिभ्स पठाउन नसकेपछि शिक्षा मन्त्रालयको नक्कलीपत्रमा ‘मन्त्रालयबाट लिएको छात्रवृत्ति परीक्षामा सहभागी भई उत्तीर्ण भएकाले प्रक्रिया मिलाएर भर्ना लिन’ भन्दै केएमसी कलेजलाई पत्रमा आग्रह गरिएको छ । पत्रमा उपसचिव मदनराज कोइरालाको हस्ताक्षर छ । मन्त्रालयमा यो नामको उपसचिव नै छैनन् । प्रहरीले उक्त पत्रको आधिकारिकताका बारेमा मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालये उक्त पत्र नक्कली भएको जवाफ पठाइसकेको छ । यो घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि सञ्चालकहरू अझै फरार छन् ।
‘ठगी गरेको रकम पनि पाएको छैन,’ कृष्णबहादुरले भने, ‘छोराको भविष्य पनि बर्बाद भयो ।’ प्रहरीका अनुसार समीरले सिरहाको शिकशंकर साहकी छोरी बबिताकुमारी साहलाई प्रवेश परीक्षा उत्तीर्ण नभई नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गराउने भन्दै २० लाख २० हजार ठगी गरेको मुद्दासमेत अदालतमा विचाराधीन छ ।

विराटनगरमै क्यान्सर रोगको उपचार पाउँदा राहत
चैत्र २०, २०७२- एकसय २५ वर्ष पुरानो कोशी अञ्चल अस्पतालले पहिलोपटक क्यान्सर रोगको उपचार सुरु गरेपछि विराटनगरका स्थानिय एवं पूर्वाञ्चलका ग्रामीण भेगका जनतालाई ठूलो राहत भएको छ । नियमित उपचारकालागि काठमाडौं, भक्तपुर, भरतपुर र धरान पुगिराख्नु पर्ने पुराना रोगी एवं उनीहरुका परिवारजनको तनाव पनि कम भएको छ ।
एक अध्ययनअनुसार भरतपुर क्यान्सर अस्पताल धाउने मध्येको ठूलो संख्या सिराहाभन्दा पूर्वका हुने गर्छन् । सन् २०१३ मा उक्त अस्पतालमा आएका ३ हजार ५ सय जनामा १५ प्रतिशत र २०१४ मा उपचार गराउन पुगेका ४ हजारमध्ये २० प्रतिशत सिरहा पूर्वकै थिए ।
कोशी अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु भएको पाँच महिना नबित्दै ७५ जना रोगी लाभान्वित भएका छन् । अस्पतालले कात्तिक तेस्रो सातादेखि क्यान्सर युनिट खडा गरेदेखि अहिलेसम्म क्यान्सरका ५० जना नयाँ र २५ जना पुराना रोगीले उपचार पाएका छन् । पुरानामा अधिकांश नियमित परिक्षणकालागि मुलुकका अन्य अस्पताल धाईराख्नु पर्ने रोगी छन् ।
अस्पतालको मेडिसिन विभागमा आउने बिरामीमध्ये क्यान्सर भएको शंका गरिएकालाई थप जाँचकालागि उक्त युनिटमा पठाइन्छ । यस क्यान्सर युनिटको ओपीडीमा दैनिक औसत ५ जना र वार्डमा ३ जना बिरामी आउँछन् । स्थानीयवासी माझ उक्त सेवा बारे बढ्दो जानकारीसँगै नयाँ र पुराना रोगी बढ्ने क्रम जारी छ ।
यहाँ आउनेमा ७५ प्रतिशत रोगी पूर्वाञ्चलको ग्रामीण भेगका भएको अस्पतालका क्यान्सररोग विशेषज्ञ डा. रगिन कठेतले बताए । ‘फोक्सो र पित्तथैलीको क्यान्सर भएका बढी छन्,’ उनले कान्तिपुरसँग भने, ‘धुमपानले गर्दा फोक्सोमा र पत्थरीले गर्दा पित्तथैलीमा क्यान्सर हुन्छ ।’ किमो थेरापीले समेत उपचार हुन नसक्ने अन्तिम अवस्थामा पुगेकालागि यहाँ सुविधा रहेको उनले जानकारी दिए ।
‘अन्तिम स्थितिमा पुगेका क्यान्सरका रोगीलाई असहय शारीरिक एवं मानसिक पीडा हुने र श्वास फेर्न कठिन हुन्छ,’ डा.कठेतले भने, ‘यसबाट परिवारजन पनि प्रताडित हुन्छन्, उनीहरुलाई हामी हेर्छौं ।’ खानामा रुची कम हुनु, तौल घट्नु, गिर्खा आउनु, घाउ निको नहुनु र कमजोरी महसुस हुनुलाई यस रोगको सामान्य लक्षण मानिन्छ ।

जनशक्ति अभाव
सुरुवाती अवस्थामा रहेको उक्त युनिटमा अहिले स्रोत, साधन र जनशक्तिको भने अभाव छ । दुई क्यान्सर विज्ञ र एक स्टाफ नर्सले यहाँ सेवा दिइरहेका छन् भने एकजना कन्स्लट्यान्ट फिजिसियनको दरबन्दि खाली छ । रक्तक्यान्सर बाहेक सबै खाले क्यान्सर रोगीलाई उक्त युनिटले सेवा दिन्छ । रक्तक्यान्सरका विज्ञ यहाँ छैनन् । क्यान्सर युनिटले अहिले शल्यक्रिया र रेडियो थेरापी(रेडियसन)को पनि सुविधा दिन सकेको छैन ।
शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धरानस्थित वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान तथा रेडियो थेरापीकालागि काठमाडौं एवं भरतपुर पठाउने गरेको डा. सौगात पौडयालले बताए । ‘ठाउँ र नर्स अभाव भएकाले जनरल वार्डमै विरामी राखि एक कुनातिर औषधी तयार पारेर किमो थेरापी दिन्छौं,’ उनले भने, ‘यसकोलागि बेग्लै कोठा र क्याबिनेटको आवश्यकता छ ।’
अप्ठेरो अवस्थामा आफूहरुले सेवा दिइरहेको हुनाले अस्पताल व्यवस्थापन पक्षले यस रोगको संवेदनशिलतालाई ध्यानमा राखेर यसतर्फ ध्यान दिने आशा गरेको डा.पौडयालले बताए ।
बिरामीको चाप, उनीहरुबाट आउने प्रतिक्रिया र मागअनुरुप सेवा, सुविधा एवं जनशक्ति विस्तार गरिने अस्पताल व्यस्थापन पक्षले जनाएको छ ।

पूरै चक्रपथ ८ लेनको बनाइने
चैत्र २०, २०७२- सरकारले पूरै चक्रपथलाई विस्तार गरी ८ लेनको बनाइदिन चीन सरकारसमक्ष प्रस्ताव राखेको छ ।
कोटेश्वरदेखि सातदोबाटो हुँदै कलंकीसम्मको १० किलोमिटर खण्ड ८ लेनमा बनाइरहेको चीन सरकारलाई नेपालले पूरै चक्रपथलाई ८ लेनको बनाइदिन प्रस्ताव गरेको हो । कोटेश्वरदेखि कलंकीसम्मको विस्तार कार्य सकिएपछि चीनले कोटेश्वरदेखि चावहिल, नारायणगोपाल चोक, गोगबु, सितापाइदा हुँदै कलंकीसम्मसमेत ८ लेनको बनाइदिने जानकारी भौतिक पूर्वाधार यातायात मन्त्रालयका अधिकारीले दिए ।
‘हामीले ७/८ महिना अघि नै यो प्रस्ताव चीनलाई गरेका हौं । जवाफ आउन बाँकी छ । बाँकी चक्रपथसमेत चीनले ८ लेनको बनाइदिन्छ भन्नेमा हामी सकारात्मक छौं,’ सडक विभागका सहायक प्रवक्ता लक्ष्मीदत्त भट्टले भने ।
उनका अनुसार चीनले नै यसबारेमा प्रारम्भिक अध्ययन गरेको थियो । त्यसपछि सडक विभागले विस्तृत अध्ययन गरेर चीनसामु प्रस्ताव राखेको हो । १७ किलो मिटरलाई ८ लेनमा विस्तार गर्न करिब १३ अर्ब रुपैयाँ लाग्ने प्रस्तावमा रहेको भट्टले जानकारी दिए ।
ठमेलमा गमलामा गाँजा !
काठमाडौं : शनिबार बिहान प्रहरीलाई नौलो सूचना आयो, ‘ठमेलको एक रेस्टुराँमा गमलामै गाँजा उमारेर ग्राहकलाई बिक्री गरिन्छ ।’
सूचनापछि महानगरीय प्रहरी वृत्त प्रहरी लैनचौरका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठोर नेतृत्वमा प्रहरी टोली ठमेलस्थित फ्याट क्याट रेस्टुराँमा पुग्दा कर्मचारी गाँजामा पानी हालिरहेका थिए ।
टेबुलमा १० जना युवा गाँजा तान्न व्यस्त थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि रेस्टुराँका म्यानेजर छ्याङ गुरुङ पक्राउ परेका छन् । सञ्चालक मुखिया घले फरार छन् ।
चितुवाको छाला तस्कर गर्ने चारजना पक्राउ
श्रीनगरमा रहेको रोयल गेष्टहाउसमा चितुवाको छाला रु १५ लाखमा मोलमोलाई हुँदै गर्दा शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोली नै तस्कर बनेर उनीहरुसँग छालाको मोलमोलाई गर्ने क्रममा झोलामा लुकाएर राखेको छालासहित अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक श्यामकुमार खत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा बाँकेको महादेवपुरी–५ ढकेरीका २८ वर्षीय रणबहादुर कवर, बागचौर नगरपालिका–८ कोटमौलाका ३४ वर्षीय भुवन योगी, बागचौर नगरपालिका–९ पातिहाल्नाका ४४ वर्षीय बेलाराम गिरी र दमाचौर–१ पलाटेकी ३३ वर्षीया भेषकुमारी चन्द रहेका छन् । ।
उनीहरुलाई बरामद दुई थान बाघको छालासहित थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खत्रीले बताए । रासस
आजको राशिफल , वि.सं. २०७२ साल चैत २१ गते।
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। b
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
-नेपाली पात्रो
Subscribe to:
Posts (Atom)