ठमेलमा गमलामा गाँजा !





काठमाडौं :  शनिबार बिहान प्रहरीलाई नौलो सूचना आयो, ‘ठमेलको एक रेस्टुराँमा गमलामै गाँजा उमारेर ग्राहकलाई बिक्री गरिन्छ ।’
सूचनापछि महानगरीय प्रहरी वृत्त प्रहरी लैनचौरका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठोर नेतृत्वमा प्रहरी टोली ठमेलस्थित फ्याट क्याट रेस्टुराँमा पुग्दा कर्मचारी गाँजामा पानी हालिरहेका थिए ।
टेबुलमा १० जना युवा गाँजा तान्न व्यस्त थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि रेस्टुराँका म्यानेजर छ्याङ गुरुङ पक्राउ परेका छन् । सञ्चालक मुखिया घले फरार छन् ।